कर छलेकाे पाँच लाखको कपडा अटोरिक्साबाट नियन्त्रण

संजय कुशवाहा, १६ असाेज
नवलपरासी पश्चिममा अबैध समान अोसार पसारमा संलग्र १ अटोरिक्सा सहित अबैध लेडिज कुर्ती, सुरूवाल नियन्त्रण गरिएको छ ।
शुक्रबार बिहान भारतबाट नेपाल तर्फ भन्सार छली अबैध रूपमा लु १ ह १९६४ नम्बरको अटोरिक्सामा राखी ल्याउदै गरेको ४ बोरामा ३ सय ५९ थान लेडिज कुर्ती, सुरूवाल प्रहरीले नियन्त्रण गरिएको छ ।
इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले बर्दघाट नगरपालिका वडा न.१ पुनर्वासबाट अटोरिक्सा नियन्त्रण गरिएको हो ।
नियन्त्रण गरिएको कुर्ती र सुरूवालको मुल्य १ लाख ९३ हजार ९ सय र अटोरिक्साको मुल्य ३ लाख गरि जम्मा ४ लाख ९३ हजार ९ सय मुल्य बराबरको नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा रहेको अटोरिक्सा सहित अबैध लेडिज कुर्ती, सुरूवाल समेतलाई आवश्यक कारबाहीको लागि महेशपुर भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिए ।