कपिलवस्तुमा श्री माध्यमिक विद्यालय अजिगराका विद्यार्थी द्वारा खुला दिसा मुक्त सम्बन्धि जनचेतना रैली

 

कपिलबस्तु/संवाददाता

कपिलबस्तु जिल्लाको कृष्णानगर नगरपालिका वडा नं ७ मा रहेको श्री माध्यमिक विद्यालय अजिगराका प्रधानाध्यापक परिपूर्णानन्द मिश्रको अगुवाईमा खुला दिसा मुक्त सम्बन्धि विद्यार्थी र शिक्षकको सहभागितामा जनचेतना रैली सम्पन्न भयो।
उक्त रैलीमा ४00 जना विद्यार्थी र वीर बहादुर मौर्य, राम प्रकाश भट्टराई, अरूण मिश्र लगायत अन्य शिक्षक स्टाफहरूको सक्रियतामा वडा नं ७ का ३ गाउँ अजिगरा, विसुनपुर र नन्दनगर (भोरहवा) मा विद्यार्थीहरूले कागजमा लेखिएका चर्पीको प्रयोग गरौँ सफा र स्वस्थ बनौ, खुला दिसा पिसाब बन्द गरौँ, खुला दिसा मुक्त अभियान सफल पारौ, सौचालयको प्रयोग गरौँ र घर घरमा सौचालय बनाऔं जस्ता पोस्टर, कार्ड पत्ती लिएर गाउँहरुमा जनचेतना फैलाएका छन्।

उक्त कार्यको स्थानीयले प्रशंसा पनि गरेका छन। उक्त रैलीको जानकारी विद्यालय प्रशासनले दिएको छ।