कपिलवस्तुमा बसको ठक्करबाट महिलाको मृत्यु

कपिलबस्तु/ संवाददाता , पुस १५

जिल्लाकाे कृष्णनगर -चन्द्राैटा सडकखण्डमा बसकाे ठक्करले एक जना काे मृत्यु भएकाे छ ।
कृष्णनगर नगरपालिका वडा नं.-८ गणेश पलाई फ्याक्ट्री नजिकै चन्द्रौटा कृष्णनगर सडक खण्डमा चन्द्रौटा बाट कृष्णनगर तर्फ जाँदै गरेको लु १ ख ६९०९ बसले बाटो काटने क्रममा जिल्ला कपिलबस्तु कृष्णनगर नगरपालिका वडा नं. ८ डगरमरुवा बस्ने बर्ष ७५ कि तारमति कोईरीलाई ठक्कर दिँदा अनुहारको बिभिन्न भागमा चोट र बिपरित दिशा बाट आउदै गरेको साईकल यात्री जिल्ला कपिलबस्तु कृष्णनगर नगरपालिका -५ डबारा बस्ने बर्ष २०को बिष्णु रहिदाशलाई सोही बसले ठक्कर दिदाँ दाहिने हातको औँलामा र बायाँ खुट्टामा चोट दुबै घाईतेलाई उपचारको लागि शिबराज अस्पताल बहादुरगंज कपिलबस्तु पठाईएकोमा जिल्ला कपिलबस्तु कृष्णनगर नगरपालिका वडा नं. ८ डगरमरुवा बस्ने बर्ष ७५ कि तारमति कोईरीको उपचारको क्रममा ऐ.१२:४५ बजेको समयमा मृत्यु भएको । बस र साईकल ईलाका प्रहरी कार्यालय बहादुरगंजको नियन्त्रणमा र बस चालक ईप्रका कृष्णनगरको नियन्त्रणमा रहेकाे स्रनेतले जनाएकाे छ ।