कपिलवस्तुकाे कृष्णनगरमा कर्फ्यु, अश्रू ग्यांस तथा लाठीचार्ज, दर्जनाैं घाइते

वृजराज कुशवाहा
काठमाण्डाैं, ४ कार्तिक ।
कपिलवस्तु जिल्लाकाे दक्षिणी सीमावर्ती बजार कृष्णनगरमा अाज अाइतवार बेलुका ५ बजेदखि कर्फ्यु लगाइएकाे छ । कर्फ्यु अर्काे अादेश नअाएसम्म जारी रहने प्रशासनले जारी गरेकाे पत्रमा जनाइएकाे छ ।
पत्रमा उल्लेख गरिएकाे छ, २०७५।०७।०४ गते साँझ ५:०० बजे देखी अर्को निर्णय नभए सम्मको लागी स्थानिय प्रशासन ऐन २०२८ को दफा ६ क (१) अनुसार कर्फ्यु आदेश जारी गरिएको ब्यहोरा सर्वसाधारण सबैको जानाकारीको लागी अनुरोध गरिएको छ ।
कर्फ्यु आदेश जारी भएको स्थान:- पुर्वमा:- सेमरा गाँउ, पश्चिममा :- झण्डिनगर, सिर्सिहवा चोक, उत्तरमा:- कृष्णनगर नगरपालिका १ शिवानगरको बढया पोखरी क्षेत्र  र दक्षिणमा:- नेपाल भारत दशगजा क्षेत्रसम्म  कर्फ्यु  क्षेत्र ताेकिएकाे छ ।
कर्फ्यु आदेश जारी गरिएपछि स्थानीय सास्तीमा परेका छन् । बजार ठप्प भएकाे छ । अति अावश्यक दैनिक उपभाेग्य वस्तुकाे खरिद बिक्री गर्न नपाएपछि दैनिकी प्रभावित भएकाे छ ।
तस्विरः बसन्त बञ्जाडे
बडादशैंकाे अवसरमा बनेका दुर्गा मुर्तिहरू पुजा पश्चात विसर्जन गरिने कार्यमा अवराेध उत्पन्न भएपछि विगत ३ दिनदेखि कसरत गरिरहेकाे प्रशासनले स्थिती काबुमा लिन तथा अप्रिय घटना नियन्त्रणका लागि कर्फ्यु लगाउनु परेकाे जनाएकाे छ ।
सुक्रवारदेखि तनाव भै पटकपटक झडप भएकाे बताइएकाे छ । सनिवारका दिन पनि दुबै समुहबीच भनाभन भै झडप हुदा समेत प्रशासन मुक दर्शक बनेकाे कारणले दुबै समुहमा उत्साह थपिदै गएकाे देखिन्छ । सनिवारकाे झडपमा २१ वर्षे साेनु गुप्ता लगायत एक दर्जन मान्छे घाइते भएका छन् । गुप्ताकाे युनिभर्षल मेडिकल कलेज भैरहवामा उपचार भैरहेकाे प्रहरीलाइ उद्धृत गर्दै पत्रकार नारद काेहांरले जनाएका छन् ।

प्रहरीले अाज अश्रु ग्यांस र लाठी चार्ज गरेर स्थिती नियन्त्रणमा लिने प्रयास गर्दा पनि स्थिती काबु बाहिर बन्दै गएपछि अपरान्ह ५ बजेदेखि कर्फ्यु अादेश जारी गरेकाे हाे ।

तस्विरः नारद काेहांर
विसर्जन गर्न जान लागेकाे मुर्ति विसर्जन टाेलीकाे बाटाेमा मुस्लिम धर्मावलम्बीहरूकाे नईमिया मस्जिद रहेकाे र साे बाटाेबाट मुर्ति विसर्जन गर्न लैजान नदिने भएपछि तनाव उत्पन्न भएकाे पत्रकार बसन्त बञ्जाडेकाे बुझाइ छ ।
विगत ३ दिनदेखि उत्पन्न तनाव साम्य पार्न प्रशासन कमजाेर सावित भएकाे मानवअधिकारकर्मीहरूकाे बुझाइ छ । भर्खरै सरूवा भै कपिलवस्तु जिल्लामा अाउनु भएका प्रहरी उपरिक्षक अच्युत प्रसाद पुडासैनी वर्षेनी हुदै अाएकाे यस घटनालाइ गम्भिरताका साथ नलिएकाे अाराेप छ ।

प्रशासनकाे कमजाेरीका कारण यस हुलमा एक थरी राजनीतिक घुसपैठ भएकाे स्थानीयवासीकाे टिप्पणी छ । स्थानीयवासी भन्छन्, सांसद अभिषेक प्रताप शाह वर्षेनी हुदै अाएकाे यस घटनालाइ यस वर्ष उत्पन्न हुनै नदिने तवरले शुरूवातमा प्रयास गर्दा भीडले उनलाइ वास्ता नै गरेन ।

तस्विरः शैलेन्द्र अम्बेडकरकाे फेशबुकबाट

घटनालाइ स्थानीय पत्रकार र मानवअधिकारकर्मीहरू सुक्ष्म तवरले निगरानी गरेका छन् । कर्फ्यु लागेकाे बजार कृष्णनगरमा मानवअधिकारकर्मी तथा पत्रकारहरूकाे बाक्लाे उपस्थिती रहेकाे बुझिएकाे छ । मधेश मानव अधिकार गृह माहुरी हाेमका वरिष्ठ मानवअधिकारकर्मी रामदयाल ठाकुरकाे नेतृत्वकाे टिमले घटनालाइ सुक्ष्म तवरले अनुगमन  गर्नुका साथै अप्रिय घटना हुन नदिन प्रशासन समेतलाइ सचेत गराएकाे छ ।