ऋषिराम पौडेलकाे उम्मेदवारी फिर्ता, हेर्नुस् विज्ञप्तिमा कारण के रहेछ ?

नवलपरासी, १८ कार्तिक ।

नेपाली कांग्रेसका क्रियाशिल सदस्य एवं मध्य नेपाल यातायात व्यवसायी समितिका अध्यक्ष ऋषिराम पौडेलले आफनो उम्मेदवारी फिर्ता लिएका छन् ।

नेपाली कांग्रेस बि.पी पार्टीको तर्फबाट नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को प्रतिनिधि सभा २ का लागि दर्ता गराएको पौडेल आफनो उम्मेदवारी आज एक प्रेस बिज्ञप्ती जारी गर्दै फिर्ता लिएको बताएका छन् ।

प्रजातन्त्रका लागि निरन्तर संघर्षरत रहने कुसल संगठक ऋषिराम पौडेलको उम्मेदवारी फिर्ताले नेपाली कांग्रेस वृत्तमा खुशियाली छाएको र उनले नेपाली कांग्रेसका सबै उम्मेदवारहरुलाई बिजयी गराउन सहयोग र समर्थन समेत रहने यसै प्रेस विज्ञप्ती माफर्त जनकारी गराएका छन् ।

स्थानिय तहको निर्वाचन र हाल हुन गईरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेपाली कांग्रेसले पार्टीका वफादार र संघर्षरत निष्ठवान कार्यकर्ताहरुलाई टिकट नदिई एकलौटी रुपमा पार्टीका शिर्ष नेताहरु आ–आफना कार्यकर्ताहरुलाई टिकट वितरण प्रति आपत्ती जनाउदै क्रियाशिल युवा पौडेलले आफनो उम्मेदवारी दिएका थिए तर पौडेको यस निर्णयले नेपाली कांग्रेसलाई कतै अप्ठयारो बनाउने हो कि भन्ने चिन्ताले पौडेल पार्टी प्रतिको वफादारिता देखाउदै आफनो उम्मेदवारी फिर्ता लिएको उनले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

पौडेलले भने म पार्टीको प्रगतिका लागि दिलोज्यानले सहयो गर्ने र पार्टीका अधिकारिक उम्मेदवारहरुलाई बिजयी बनाउन सहयोग र समर्थन गर्ने बताए ।