वृजराज कुशवाहा

मंसीर १, नवलपरासी

उंखु किसानले विगत ३ वर्षकाे भुक्तानी नपाएकाे विषय लिएर नेपाली कांग्रेस नवलपरासीले सरकार समक्ष ज्ञापन पत्र बुझाउदै भुक्तानीका लागि १५ दिने अल्टिमेटम दिए पश्चात उद्याेगपति वृत्त्त तरंगित भएकाे छ ।

नवलपरासी पश्चिममा रहेर किसानकाे उखुकाे भरमा चिनी उद्याेग स्थापना गरी ठुलाे स्तरकाे व्यापार सञ्चालन गरिरहेका उद्याेगीहरु किसानकाे विगत ३ वर्षदेखिकाे रकम भुक्तानी नदिएपछि कांग्रेस तातेकाे छ । नेपाली कांग्रेस नवलपरासी निर्वाचन क्षेत्र नं. १ काे प्रदेश सभा क्षेत्र नं. २ ले एकैदिन प्रतापपुर र सुस्ता गाउंपालिका तथा जिल्ला समन्वय समितिका साथै प्रमुख जिल्ला अधिकारीलाइ विभिन्न मागका साथै संघर्षमा उत्रने चेतावनी दिदै ज्ञापन पत्र बुझाएकाे छ ।

१५ दिनभित्र भुुुक्तानी नदिए जिल्ला अान्दाेलित हुने ज्ञापन  पत्रमा प्रष्ट भनिएकाे छ, भुक्तानी नदिए  किसानका लागि हाइवेमा चक्काजाम गर्नेदेखि लिएर उद्याेगपतिलाइ घेर्नेसम्मकाे कार्यक्रम ल्याईने छ । लुम्बिनी चिनी उद्याेगपतिले विगत ३ वर्षकाे १० कराेड बढी रकम दिएकाे छैन । त्यस्तै, इन्दिरा सुगर्स एण्ड एग्राे इण्डष्ट्रिज गंगापुर तथा बागमती खांडसारी चिनी मिल कुडियाले समेतले किसानकाे रकम राेकेका छन् ।

भुक्तानी दिन अालटाल गर्ने तथा सिजन सञ्चालन गरी चिनी बेचेर उद्याेगपतिहरुले किसानलाइ बेवास्ता गर्ने गरेकाे उखु उत्पादक कृषक समिति नवलपरासीका अध्यक्ष उमेश चन्द यादव बताउछन् ।

किसानकाे समस्यालाइ लिएर नेपाली कांग्रेसले ज्ञापन पत्र बुझाउदै १५ दिने अल्टिमेटम दिएपछि तिनवटै उद्याेगपतिहरू सल्बलाएका छन् । किसानकाे पैसा नदिएसम्म उद्याेग सञ्चालन गर्न नसकिने बुझाइ भएकाे निकट श्राेतले जनाएकाे छ । उता प्रमुख जिल्ला अधिकारीले ज्ञापन पत्र बुझ्दै किसानकाे भुक्तानी दिलाउनका लागि सबै हतकन्डा प्रयाेग गर्ने बताएपछि मिल मालिकहरूमा त्रास पैदा भएकाे बताइएकाे छ । विगत लामाे समयदेखि किसानलाइ ठग्दै अाएका चिनी मिल मालिकहरू चिन्तामा परेपछि भुक्तानी दिने मनशायले रकमकाे जाेहाे गर्नमा जुटेका छन् ।

नेपाली कांग्रेसका क्षेत्रिय अध्यक्ष मुकुल कुमार अाचार्यकाे नेतृत्वमा गएकाे डेलिगेशन टाेलीले प्रतापपुर गाउंपालिकाकाे कार्यकारी अध्यक्ष अञ्जु चाैधरीलाइ ज्ञापन पत्र बुझाउदै पालिका क्षेत्रभित्र रहेकाे इन्दिरा सुगर्स तथा एग्राे इण्डष्ट्रिज गंगापुरलाइ अागामी सिजनमा मिल सञ्चालन गर्नका लागि कुनै पनि सिफारिश वा अनुमति नदिन अाग्रह गरेकाे छ । त्यस्तै सुस्ता गाउंपालिकाका अध्यक्ष राम प्रसाद पाण्डेले अाफु अघि नै बागमती खांडसारी चिनी मिलका सञ्चालकलाइ भुक्तानी दिन दबाव दिइसकेका बताएका छन् । उनले भने मिल सञ्चालकहरू किसानलाइ ठगेर अाफ्नै खुट्टामा बञ्चराे हानेका छन् । किसानमारा मिल मालिकहरूकाे भविष्य उनकै कारण खाडलमा धकेलिंदै गएकाे बताए ।

डेलिगेशन टाेलीमा नेपाली कांग्रेसका क्षेत्रिय अध्यक्ष मुकुल कुमार अाचार्यकाे नेतृत्वमा संविधानसभा सदस्य देवकरन कलवार, उखु उत्पादक कृषक समिति नवलपरासीका अध्यक्ष उमेश चन्द यादव, जिल्ला समन्वय समिति सदस्य बजरंगी कुशवाहा, विश्वम्भर पाठक, लक्ष्मण सिंह थापा, हसमुद्दिन शेष र सञ्चारकर्मी वृजराज कुशवाहा लगायतकाे सहभागिता रहेकाे थियाे ।