इन्द्रेणी द्वारा बिद्यालयहरुमा सामाग्री हस्तान्तरण

श्याम थापा
सुस्ता १५ मंसिर
एक्सन एड नेपालको सहयोगमा नवलपरासी जिल्ला बर्दघाट नगरपालिका वार्ड न ९ पन्चनगरमा रहेको इन्द्रेणी सामाजिक बिकास मञ्चले बाढीमा डुबेर क्षति भएका बिद्यालयहरुमा कक्षा कोठा ब्यवस्थापन गर्ने उद्वेश्यले  सामग्रीहरु हस्तान्तरण गरेको छ ।

यहि श्रावण महिनाको २९ गते आएको बाढीले पाठ्य पुस्तक र कक्षा कोठामा ओछ्याएको कार्पेटहरु पुर्ण रुपले क्षति भएका नवलपरासी जिल्लाको प्रतापपुर गाउँपालिकाको वार्ड न ९ मा रहेको कोटहि प्राथमिक बिधालय, प्रदेश न ४ को बिनयी त्रिबेणि गाउँपालिका वार्ड न ६ मा रहेको नारायणी गण्डकी सास्कुतिक माध्यमिक बिद्यालय त्रिबेणि र सुस्ता गाउँपालिका वार्ड न ५ अन्तर्गत सुस्तामा रहेको जनता दलित प्राथमिक बिद्यालयमा कक्षामा कक्षा कोठा ब्यवस्थापन गर्नका लागि यति कार्पेट र पि पि कार्पेट इन्द्रेणी सामाजिक बिकास मञ्चका कार्यकारी निर्देशक बद्री प्रसाद सुबेदीले बिद्यालयहरुमा हस्तान्तरण गर्नु भएको हो ।

मञ्चका कार्यकारी निर्देशक सुबेदीले जानकारी दिए अनुसार प्रतापपुर गाउँपालिकाको कोटही प्राथमिक बिद्यालयमा १ वटा बालबिकास कोठा, प्रदेश न ४ बिनयी त्रिबेणि गाउँपालिकाको नारायणी गण्डकी सास्कृतिक माध्यमिक बिद्यालयमा १ बालबिकास र १ कक्षा गरि २ वटा कोठा र सुस्ता गाउँपालिकाको जनता दलित प्राथमिक बिद्यालयमा १ बालबिकास र ५ वटा अन्य कोठा गरि ६ वटा कोठामा कक्षा कोठा ब्यवस्थापन सामग्री यति कार्पेट र पि पि कार्पेट हस्तान्तरण गरेको उहाँले बताउनु भयो ।

बाढीको कारणले सो बिद्यालयका बालबालिकाहरुलाई कक्षा कोठामा बस्न असहज भै बालबालिकाहरु बाहिर चौरमा (फिल्ड) बसालेर पठनपाठन गराउदै आएका सुस्ता गाउँपालिकाको वार्ड न ५ सुस्तामा रहेको जनता दलित प्राथमिक बिद्यालयका प्र अ उदय रुचाल मगरले बताउनु भयो ।

त्यस्तै बाढी आएको बखतमा नवलपरासी जिल्लाको ४३ वटा बिद्यालयहरु अनुगमन गर्दा नवलपरासी जिल्ला भरिमा २१ वटा बिद्यालयहरुलाई क्षति पुराएको र जिल्ला शिक्षा कार्यालय नवलपरासीको अनुसार इन्द्रेणी सामाजिक बिकास मञ्चलाई ३ वटा बिद्यालयहरुलाई कक्षा कोठा ब्यवस्थापन सामग्री बितरण गर्नु परेकोले मञ्चका कार्यकारी निर्देशक सुबेदीले बताउनु भयो ।

सो हस्तान्तरण गरेको सामग्रीले बालबालिकाहरुलाई आनन्द रुपले बसि अध्ययन गर्न पाउने र केही हदसम्म बिद्यालयहरु शैक्षिक गुणस्तरमा सुधार आउने बिनयी त्रिबेणि वार्ड न ६ का वडा अध्यक्ष पृतम गुरुङले बिश्वास लिनु भएको वडा अध्यक्ष गुरुङले बताउनु भएको छ ।