आँधीहुरी चल्न सक्ने भारतीय मौसम विभागकाे चेतावनी

चैत्र २३

भारतीय मौसम विभागका अनुसार भारतको महाराजगञ्ज र सो आसपासमा रहेका क्षेत्रहरुमा ठुलो आँधी आउने सक्ने चेतावनी दिएको हो । भारतको महाराजगञ्ज र सो आसपासमा रहेका क्षेत्रमा आँधी आए त्यसले नेपालमा समेत असर पर्ने जनाएको छ ।

विभागले कुनै पनि समयमा भारतमा ठुलो आँधीहुरी आउने सम्भावना रहेको बताएको हो । भारतको महाराजगञ्जबाट नजिक रहेका नेपालको लुम्विनी अञ्चलका आसपासका जिल्लाका साथै तराईका केहि जिल्लामा ठूलो हावाहुरी चल्न सक्ने बताइएको छ । ५० किमी सम्मको गतिमा आँधीहुरी चल्न सक्ने भारतीय मौसम विभागले जनाएको हो । ठुलो आँधीको सम्भावना रहेको कारण नै उसले सर्तक रहन समेत आग्रह गरेको छ ।