अध्यक्ष गाेल्ड कपबाट बाहिरीयाे बुटवल फुटबल क्लब

 

उमेश बि.क / नवलपरासी ,३ माघ

नवलपरासीको सरावल गाउँपालिकामा जारी ‘‘प्रथम सरावल अध्यक्ष गाेल्ड कप फुटबल प्रतियोगीताबाट अाज बुटवल फुटबल क्लब बुटवल बाहिरीएकाे छ ।

अाज भएको खेलमा देशभक्त युवा क्लब मगरमुडहा र बुटवल फुटबल क्लब बुटवल बिच भएको दाेस्राे सेमिफाइनलकाे खेलमा देशभक्त युवा क्लब मगरमुडहा र बुटवल फुटबल क्लब बुटवल १/१ गोलले बराबरी अवस्थामा खेल सम्पन्न भएको हाे । सम्पन्न खेल लग्तै पेनाल्टिमा बुटवल फुटबल क्लब बुटवललाई २ गाेलकाे बिरुद्ध ४ गाेल गरि मगरमुडहा बिजयि भएको छ।

भएको खेलमा देशभक्त युवा क्लब मगरमुडहाका खेलाडी बिरेन्द्र सारु मगरलाई म्यान अफ द म्याचले जिल्ला फुटबल संघ उपाध्यक्ष धन प्रसाद गुरुङबाट ट्राफि सहित सम्मान गरिएको छ।

फुटबल प्रतियोगीता एक दिनकाे अन्तरालपछि माघ ५ गते शनिबार अप्रहान्न १ बजेदेखि फाइनलकाे खेल २८ बिगहा कावासाेति र देशभक्त युवा क्लब मगरमुडहा बिच खेल हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुनेलाई १ लाख २५ हजार र द्धित्तीय हुने समुहलाई ७५ हजार साथै गोल्ड मेडल प्रदान गरिने अध्यक्ष महेन्द्र चौधरीले बताउनुभयो ।