अति विपन्नका लागि निर्माणाधिन अाश्रय स्थल अन्तिम चरणमा

उमेश वि.क, नवलपरासी, १९ साउन ।

बाढी प्रभावित परिवारलाई अाश्रय दिने तथा बाढीकाे जाेखिमबाट बचाउनका लागि बन्दै गरेकाे १७ वटा घर र १ वटा अाश्रय स्थलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं. ७ पर्सा टाेलमा अाठ वटा घर, वडा नं. ८ फट्कि टाेलमा ८ वटा घर र बालुवा टाेलमा १ वटा घर र एउटा अाश्रय स्थल बनाउन लालगिएकाे परियाेजना अधिकृत चेत नरायण चाैधरीले बताएका छन ।

साे घरहरू युनाइटेड मिसन टु नेपालकाे सहयोगमा बिकल्पकाे ४९ लाख ९७ हजार ६ सय ९ रुपैया र प्रतापपुर गाउँपालिकाकाे १३ लाख ३७ हजार ३ सय ५६ रुपैयाकाे लागतमा निर्माण भईरहेकाे छ ।

साउन २५ गते हस्तान्तरण गर्ने गरी सेफर परियोजनाबाट निर्माण भईरहेकाे छ ।